किरण कप्तान बनेको खेलमा पन्जाव केरलासँग पराजित

स्पोर्टस न्युज

 - २०७७ माघ १, बिहीबार

आइलिगना नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हालेको खेलमा पन्जाव पराजित भएको छ।बिहीबार भएको खेलमा पन्जाव केरलासँग ४-३ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा ३-१ को अग्रता लिएको पन्जावले दोस्रो हाफमा ३ गोल खाएपछि पराजित भएको हो।खेलको १८ औं मिनेटमा चेन्चो ग्यालसेनले गोल गर्दै पन्जावलाई अग्रता दिलाए।खेलको २५ औं मिनेटमा चेन्चोले ब्यक्तिगत दोस्रो गोल गर्दै पन्जावको अग्रता दोब्बर पारे।त्यसको २ मिनेटपछि केरलाका फिलिप अड्जाले गोल गर्दै खेल २-१ को अवस्थामा पुर्याए।खेलको ४४ औं मिनेटमा पन्जावका रोबर्ट नोङरुमले गोल गर्दै पहिलो हाफमा पन्जावलाई ३-१ को अग्रता दिलाए।

पहिलो हाफमा ३-१ ले अग्रता लिएको पन्जावले दोस्रो हाफमा ३ गोल खान पुगेपछि पन्जाव पराजित भयो।खेलको ६९ र ७१ औं मिनेटमा केरलाका एन्टवीले दुई गोल गर्दै ३-३ को बराबरीमा पुर्याए।खेलको ७५ औं मिनेटमा पन्जावका अनवर अलीले गोल गरेपछि पन्जाव ४-३ ले पराजित भयो।

पन्जाव पराजित भएपनी कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए।उनले पेनाल्टी तथा धेरै प्रहार विफल पारेका थिए।

जितसँगै केरालाले लिगमा पहिलो जित हासिल गरेको छ । पन्जाबले भने दोस्रो खेलमा हार बेहोरेपछि शीर्षस्थानमा उक्लने अवसर गुमायो । दुवै टोलीको ३-३ अंक रहेको छ ।