पोखरामा प्रधानाध्यापक र दुई शिक्षक पक्राउ

स्पोर्टस न्युज

 - २०७७ माघ ६, मंगलवार

पोखराको बगर टुँडीखेलमा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक र दुई शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी पक्राउ परेका हुन् ।

 

विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षा लिएको उनीहरुमाथि आरोप छ । अन्य प्रचलित कानुन विपरीतको कसुरजन्य कार्य समेत भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माघ २ मा जाहेरी दिएको थियो ।

उक्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । उनका अनुसार तीन जनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी हिरासनमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।