एनएनआइपीए स्पोर्ट्स अवार्ड फागुन ८ गते हुने

स्पोर्टस न्युज

 - २०७७ माघ १३, मंगलवार

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ ।

एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी गराएको हो ।

एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्ड मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताउनुभयो ।

संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ ।

यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ ।

गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।

अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।

संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ ।

एनएनआईपिएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।