इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० को १४ औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ ।
आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ ।
नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज गर्ने प्रकिया सकिसकेका छन् । अब अक्सनअघि खेलाडी ट्रेड (खरिदबिक्री) समेत हुनेछ ।
जनवरी २० सम्म सबै फ्रेन्चाइजले रिलिज र रिटेनको नाम सार्वजनिक गरिसकेका छन् । १४ औं संस्करणको आईपीएल भारतमा वा बाहिर कता हुने भन्ने निर्णय भइसकेको छैन ।
कोरोना महामारीले गर्दा १३ औं संस्करण युएईमा भएको थियो । जहाँ मुम्बईले उपाधि जितेको थियो ।