रियललाई ७ अंकको अग्रता

स्पोर्टस न्युज

 - २०७८ फाल्गुन ८, आईतवार

८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले गएराति भएको खेलमा अलाभेजलाई ३-० ले पराजित गरेको छ । यस जितपछि रियलले दोस्रो स्थानको सेभियामाथि ७ अंकको अग्रता समेत बनाएको छ ।

घरेलु मैदानमा रियलले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । मार्को एसेन्सियोले ६३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ८० औं मिनेटमा भिनिसियस जुनियर र इन्जुरी टाइममा करिम बेन्जेमाले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।

जितपछि लिग लिडर रियलले २५ खेलबाट ५७ अंक जोडेको छ । एक खेल कम खेलेको सेभिया ५० अंकसहित दोस्रो स्थानमा छ । अलाभेस २५ खेलबाट २० अंकसहित १९ औं स्थानमा छ ।

यस्तै एट्लेटिको मड्रिडले ओसासुनालाई ३-० ले नै हराएको छ । एट्लेटिकोका लागि जाओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेअले गोल गरे ।

जितपछि एट्लेटिको मड्रिड २५ खेलबाट ४२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । ओसासुना २५ खेलबाट ३२ अंकसहित नवौं स्थानमा छ ।