फेब्रुअरी १ देखि चलेको २० दिन लामो हिउँदे ओलम्पिकमा १६ स्वर्ण पदक ८ रजत पदको र १३ कांस्य पदकका साथ नर्वे पहिलो भयो।१२ स्वर्ण १० रजत र ५ कांस्यसहितजर्मनी दोस्रो भयो।आयोजक चीनले तेस्रो स्थानमा चित्त बुझाएको छ भने अमेरिका चौथो स्थानमा रह्यो।चिनले ९ स्वर्ण ४ रजत र २ कांस्य तथा अमेरिकालेे ८ स्वर्ण १० रजत र ७ कांस्य जित्यो।
अब यसपछि हिउँदे पारा ओलम्पिक आगामी २ सातामा सुरु हुनेछ।१३ अौं हिउँदे पारा ओलम्पिक मार्च ४ देखि १३ अौं तारिखसम्म चीनको बेइजिङ र चाङ च्या खौ सहरमा आयोजना हुने बेइजिङ समाचार केन्द्रीले आइतबारको पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखले हिउँदेे ओलम्पिक खेलकुद चिनियाँहरुको ठुलो प्रभाव देखिएको अौंल्याए। अध्यक्ष बाखले सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिक खेलकुदहरुले ठुलो परिवर्तन आएको टिप्पणी गरे। हाल चीनमा ३० करोड मानिसहरु हिउँदे खेलमा सहभागी भएको उल्लेख गर्दै हिउँदकालीन खेलहरुमा निकै ठुलो निहित शक्ति प्रतिबिम्ब गरिएको पनि बताए ।