बुटवल, सनिवार रूपन्देहीको बुटवमा रूपन्देही जिल्ला स्तरिय पेटि परीक्षा सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका ५ नम्बर वडाका वडाध्यक्ष तेज बहादुर विश्वकर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको विशिस्ट अतिथिमा भने रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ रहेका थिए। कार्यक्रममा अन्य अतिथिमा भने नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार, नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश सचिव राजकुमार पाण्डे र सञ्चार कर्मी विष्णु घिमिरे रहेका थिए। जिल्ला भरका ५ डोजाङबाट १०० बढि खेलाडीको उपस्थिति रहेको कार्यक्रममा विभिन्न बिधामा परीक्षा भएको हो।
प्रत्येक ३/३ महिनाको अवधिमा परीक्षा गर्नु पर्ने भएकोले सोही अनुरुप खेलाडी तयार गरेर सामुहिक रुपमा गरिएको हो। यसरी संगै परीक्षा गर्दा जिल्ला भरका खेलाडीहरु एक आपसमा परिचय भइ अन्य कार्यक्रम गर्दा सहज हुने भएकोले सामुहिक कार्यक्रम राखिएको रुपन्देही सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष कर्ण प्रत्यलले भने।
हिरा बहादुर सावतको संयोजकत्वमा रहेको कार्यक्रमको सञ्चालन असिम खाड ठकुरीले गरेका थिए भने सभाध्यक्षमा लुम्बिनी प्रदेश अध्यक्ष कर्ण प्रतेलको रहेको थिए। हेम बुढा मगरको स्वागत मन्तव्य संगै प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि कार्यक्रमको उत्घाटन भएको हो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथिले भने “खेलकुदलाई विकास, विस्तार गरेकोमा म निकै खुसी छु र म सधै यसको विकासमा सहयोग गर्ने र आफुहरु संगै हातेमालो गर्नेछु।” बेल्ट टेस्ट कार्यक्रममा बिजिएन स्कूल भैरहवाबाट २६ जना, न्यु पाइन् उड बुटवलबाट १९ जना, मुनाल इंग्लिस बोर्डिङ स्कूल बुटवलबाट २५ जना, महाबिर स्कूल बुटवलबाट २० जना र कञ्चन् सीएच आइटिएफ तेक्वान्दो डोजाङ कञ्चनबाट २० जना सहभागी थिए।
कञ्चन सिइच आइटिएफ तेक्वान्दो डोजाङका खेलाडीहरु बाट डेमो शो एवम नृत्य प्रदर्शन भएको थियो। नृत्य प्रगती क्षत्री गुरुङ र आयुष्मा जिसीबाट प्रस्तुत रहेको थियो।