नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित ट्राइ नेसन्स सिरिज अप्रिलमा हुने

स्पोर्टस न्युज

 - २०७७ चैत्र १४, शनिबार

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राइ नेशसन्स क्रिकेट सिरिज आगामी अप्रिलमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले अप्रिल १७ देखि २४ सम्म ट्राइ नेसन्स टी-२० आई सिरिज आयोजना गर्ने घोषणा गरेको छ ।

ट्राइ नेसन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा डबल राउण्ड रोविन लिगका आधारमा खेल खेलाइने क्यानले जनाएको छ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाको घोषणाले खुशी भएको बताउँदै नेदरल्याण्ड्स र मलेसियालाई धन्यवाद दिए ।

नेदरल्याण्ड्सका प्रशिक्षक रायन क्याम्पबेलले नेदरल्याण्ड्सले २०१९ नोभेम्बरदेखि क्रिकेट नखेलेको भन्दै ट्राइ नेसन्स सिरिजको घोषणाले खुशी भएको बताए । यस्तै मलेसिया क्रिकेट एसोसिएसनका अध्यक्ष माहिन्दा भालिपुरनले यो सिरिज घोषणाबाट खुशी लागेको बताए ।