काठमाडौं । पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ११ रनले हराएको छ । कोलम्बोमा नेपालले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलङ्का नेभी २८ ओभर पाँच बलमा एक सय तीन रन बनाउँदा अलआउट भयो ।
श्रीलङ्काका एम मधुशंकाले ३० रन बनाउनुबाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन, ज्ञानेन्द्र मल्ल र विक्रम शोबले दुईरदुई तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अलआउट हुँदै दुई सय १४ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६, कमलसिंह ऐरीले १५, कुशल भुर्तेलले १३, रोहित पौडेलले १३, सागर ढकालले १३, कप्तान सन्दीप लामिछानेले ११, विक्रम सोबले ११ र ज्ञानेन्द्र मल्लले दुई रन बनाए ।