नेपालको निर्णायक खेलमा यूएईले टस जितेर ब्याटिङ रोज्यो

स्पोर्टस न्युज

 - २०७९ चैत्र २, बिहीबार

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले टस हारेकाे छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । नेपालले पहिला बलिङकाे निम्ताे पाएकाे छ । नेपालले आजकाे खेलमा करण केसीलाई बेन्चमा राखेकाे छ । करणकाे ठाउँमा गुलशन झाले खेल्ने भएका छन् ।

खेल साढे ९ बजेदेखि सुरु हुनेछ । याे खेल हेर्नका लागि समर्थककाे बिहानैदेखि भिड लागेकाे छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएकाे छ ।

लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।

https://youtube.com/shorts/0tIWvtw6LK0?feature=share

भर्खरै प्रकाशित