नेपाल प्रहरीले पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ शनिबार जित हात पारे

स्पोर्टस न्युज

 - २०७७ चैत्र २१, शनिबार

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा प्रहरीले एपिएफलाई ३-२ को सेटमा पराजित गर्‍यो।

पहिलो २०–२५ ले पराजित पुलिसले दोस्रो सेटमा  २८–३०  पनि हार्‍यो।

तेस्रो २५–२३ ले जितेको पुलिसले चौथो २५–१९ र १५–११ को सेटमा जित निकाल्दै उत्कृष्ट पुनरागमन गर्‍यो।

महिलामै नेपाली सेनाले ढोरपाटनलाई २५–१२, २५–० र २५–५ हरायो।

न्यु डायमन्डले भरतपुर मेट्रोलाई २५–१२, २५–७ र २५–१७ को सोझो सेटमा हरायो।

पुरुषमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–१२, २५–१६ र २५–१६ को सीधा सेटमा पन्छायो।