स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको छ । एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्रमण भएपछि बालबालिका कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयले निष्कर्ष निकालेको हो ।
शिक्षा मन्त्रालयले भने देशभर बन्द नगरेर संक्रमण बढी फैलिएको स्थानमा मात्रै बन्द हुनसक्ने जानकारी दिएको छ ।
पहिलो लहरको कोरोनामा झण्डै ९ महिना बन्द रहेका शैक्षिक संस्था दोस्रो लहरको जोखिम बढ्दै गएपछी फेरि प्रत्यक्ष पठनपाठन बन्द गराउने सिफारिस स्वास्थ्य मन्त्रालयको छ ।
बिद्यालयहरु भने अहिले संक्रमणको भयाभह स्थिती नरहेकोले बिद्यालय बन्द गर्न आवश्यक नभएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन जारी राख्ने पक्ष्।मा छन् ।
शिक्षा मन्त्रालयले अहिले देशभरको बिद्यालय बन्द गराउने बारे कुनै छलफल नभएको जनाएको छ । कुनै बढी संक्रमण फैलिएको ठाउमा बिद्यालय बन्द गरेर अनलाइन मार्फत पठनपाठन जारी राख्न सकिन्छ तर देशभरको बिद्यालय बन्द गर्ने बारे कुनै योजना नभएको मन्त्रालयको भनाइ छ ।
यसअघि नै शैक्षिक सत्र अस्तव्यस्त भइरहेकाले थप बन्दले बिद्यार्थीको सिकाइमा असर पर्ने बिज्ञहरु बताउछन् । इन्टरनेटको गुणस्तर नाजुक र विद्यार्थीमा आवश्यक स्रोत–साधन अभावले भर्जुअल कक्षा प्रभाबकारी हुने देखिन्दैन ।