नेपाल फाइनलमा, नेदरल्याण्ड्स र मलेसियाको खेल टाई

स्पोर्टस न्युज

 - २०७८ बैशाख ८, बुधबार

८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर १०७ रन बनायो र डीएल मेडथका आधारमा मलेसियाले १२० रनको लक्ष्य पायो ।