म्याग्दी सिएच आईटीएफ तेक्वान्दो संघ गठन

स्पोर्टस न्युज

 - २०७८ बैशाख १६, बिहीबार

म्याग्दीमा मंगलबार एक भेलाका साथ म्याग्दी सिएच आईटीएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति गठन भएको छ। भेलाले पुर्ण बहादुर कार्किको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सुशील श्रेष्ठले सचिवमा रुपिन जुग्जाली सह-सचिवमा रेनु गोतामे र कोषाध्यक्षमा यमुना पाईजा रहनु भएको छ भने बाँकी सदस्यहरुमा विजय घर्ती मगर, विशाल थापा मगर, खगेन्द्र खत्री, खुम बहादुर किसान, रबिना पुन मगर, लिला पुर्जा मगर, बिपना गर्बुजा मगर, प्रतीक्षा पुन मगर, एलिस रोका मगर र अनिल बानिया रहनु भएको छ। त्यस्तै सल्लाहकारमा समाजसेवी दगमाया पाईजा मगर, यम थापा मगर, हिरा पुन मगर, दर्पण रोका मगर र संरक्षकमा सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन मगर रहनु भएको छ। कार्यक्रममा ६१ जना प्रतिष्ठित व्यक्ती तथा खेलाडीहरुको सहभागी रहेको थियो।

सिएच आईटीएफ तेक्वान्दोलाई बिस्तार गर्न र खेलाडीहरुको मनोभावनालाई उत्साहित गराउदै खेल विकास गरि लोकप्रिय खेल बनाउन साथै व्यवस्थापनका लागि समिती गठन भएको हो। समिति खेलाडी तथा अभिभावकलाई पुर्ण खेल प्रतिको विश्वास दिलाउन साथै जिल्ला खेलकुद परिषद म्याग्दीमा यश संघलाई दर्ता गर्ने गरि गठन गरिएको हो।

कार्यक्रम आयोजनाको मुख्य भुमिका महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा `कुशल´ रहेको थियो भने कार्यक्रम सञ्चालकको भुमिका राष्ट्रिय रेफ्री/कोच अनुप बुढा मगरको रहेको थियो। कार्यक्रम अनौपचारिक रुपमा सञ्चालन गरिएको थियो।