​​​​​​​धादिङका दीपकले जिते किसुन जी स्मृति म्याराथन

स्पोर्टस न्युज

 - २०७८ चैत्र १९, शनिबार

नेपाल आर्मीका दीपक अधिकारीले दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्यारथनमा शनिबार पहिलो भएका छन्। अधिकारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। १३ औं सागमा अधिकारीले कांस्य जितेका थिए।

 

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड समय खर्चे। बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोश्रो तथा आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेश्रो भए।

 

 शीर्ष स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजारका दरले नगद पुरस्कार हात पारे। विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै आएर टुंगिएको थियो।

समापनका अवसरमा तेक्वान्दोकी संगीना वैद्य, बक्सिङका मथुरादास नेवाः, भलिबलका भरत शाह, एथलेटिक्सकी राजकुमारी पाण्डे र खेल पत्रकार राजु सिलवाललाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

भर्खरै प्रकाशित