च्याम्पियन्स लिगको सेमिफाइनल अगाडी भिल्लारियललाई झड्का

स्पोर्टस न्युज

 - २०७९ बैशाख ४, आईतवार

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनल अगाडी स्पेनिस क्लब भिल्लारियललाई झड्का लागेको छ। टोलीका महत्वपूर्ण खेलाडी घाइते भएसँगै भिल्लारियललाई झड्का लागेको हो।

भिल्लारियलका मुख्य फरवार्ड मध्ये एक रहेका जेरार्ड मोरेनो घाइते भएको स्पेनिस मिडियाहरुले बताएका छन्। बताइएअनुसार उनी गेटाफे विरुद्धको खेलमा घाइते भएका हुन्।

शनिबार राति गेटाफेको घरेलु मैदानमा भएको खेलमा मोरेनोले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा भिल्लारियलले २-१ को जित निकालेको थियो। भिल्लारियलको तर्फबाट भएका दुवै गोलमा उनको भूमिका थियो। मोरेनोले एक गोल आफैं गरेका थिए भने एक गोलका लागि असिस्ट दिएका थिए।

मोरेनो दोस्रो हाफमा घाइते भएका हुन्। उनको खुट्टाको मांसपेशीमा समस्या देखिएको स्पेनिस मिडियाहरु बताउँछन्। उनको चोट कति गम्भीर छ र उनले कति समय मैदान बाहिर रहनुपर्नेछ भन्ने कुरा थप जाँच पनि मात्रै थाहा हुनेछ।

मोरेनो जारी सिजनमा भिल्लारियलका लागि धेरै नै महत्वपूर्ण प्रदर्शन गरिरहेका छन्। भिल्लारियलका लागि कुल २६ खेल खेल्दा १३ गोल गरेका छन् भने ६ असिस्ट दिसकेका छन्।

भर्खरै प्रकाशित