पीएसजी टोलीमा उत्कृष्ट फिनिशर र बेस्ट ड्रिबलर को हुन् ?

स्पोर्टस न्युज

 - २०७९ बैशाख ४, आईतवार

पेरिस सेन्ट जर्मेन(पीएसजी) मिडफिल्डर इड्रिसा गेएले लियोनल मेस्सी पीएसजीको टोलीमा उत्कृष्ट फिनिशर रहँदा नेयमार सबैभन्दा उत्कृष्ट ड्रिब्लिङ क्षमता भएको खेलाडी रहेको खुलासा गरेका छन्।

पेरिसियनहरूसँग विश्व स्तरिय खेलाडीहरूको निकै उत्कृष्ट संकलन रहेको छ तर ठूला भन्दा ठूला नाम समावेश टोलीले यस सिजनभर एकसाथ क्लिक गर्न सकेका छैनन्। गत सिजन मात्र एक दशक भन्दा लामो समयपछि बार्सिलोनाबाट पीएसजी प्रस्थान गरेका मेस्सीले नयाँ क्लबमा यस सिजन संघर्ष गर्दै आएका छन्। तर, अर्जेन्टिनी स्टारलाई बिस्तारै पीएसजीमा नयाँ सेटअपमा बानी पर्दै गएको छ।

अर्कोतर्फ, ब्राजिलियन स्टार नेयमार २०१७ मा क्लबमा सामेल भएदेखि पेरिसमा आफ्नो जादूको आनन्द उठाएका छन्, र विश्वका उत्कृष्ट ड्रिबलरहरू मध्ये एक हुन्। पीएसजी रोस्टरमा उत्कृष्ट फिनिशर र ड्रिबलरको बारेमा सोध्दा, गेएले भने: “बेस्ट फिनिशर? मेस्सी! यो अविश्वसनीय छ; उनले प्रहार गर्दैनन्; उनले गोलमा पास गर्छन्। सबैभन्दा प्राविधिक र सबै भन्दा राम्रो ड्रिबलर? नेयमार धेरै बलियो छन्! उनको खुट्टामा बल हुँदा यदि उनले चाहन्छन् भने उनको खुट्टाबाट बल कसैले खोस्न सक्दैनन्।”

भर्खरै प्रकाशित