आज एकै दिनमा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु

स्पोर्टस न्युज

 - २०७८ बैशाख २१, मंगलवार

२१ वैशाख, काठमाडौं । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । उनीहरुमध्ये ३५९ जनाको वैशाख महिनाको २१ दिनमा मृत्यु भएको हो ।

वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।