बुटवल लुम्बिनी एफसीले नेपालको पहिलो संस्करणको व्यवसायिक फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा स्थान बनाएको छ ।
शनिबार सम्पन्न खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने चौथो टिम बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई जित दिलाउन खेलको १ मात्र निर्णायक गोल शुमन लामाले गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा समाप्त भएको खेलको ८० औं मिनटमा शुमन लामाले गोल गरे । ओमालाजाले राम्रो मुभ बनाउदै दिएको पासराई फिनिसिङ टच दिदै शुमनले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच बुटवलका विलियम ओपकु चुनिए । विलियमले २५ हजार प्राप्त गरे । यस्तै खेलको इमर्जिङ प्लेयर बुटवलकै सुमन लामा चुनिए । उनले १० हजार प्राप्त गरे ।
जितसंगै बुटवल लुम्बिनी प्रतियोगिताको चौथो टिम बनेको छ । यस अघी धनगढी सहित काठमाणडौं र ललितपुर प्लेअफका लागी छनोट भईसकेका छन् ।
समान अंक रहेको पोखरा भने हेड टु हेडका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । बुटवलले ६ खेलमा ८ अंक जोडेको छ । र, बुटवल चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । धनगढीले ६ खेलमा १० अंक जोडेको छ । धनगढी तालिकाको शिर्ष स्थानमा छ ।