कोरोना: थप ९ हजारभन्दा बढीमा सङ्क्रमण, १३९ जनाको मृत्यु

स्पोर्टस न्युज

 - २०७८ बैशाख २७, सोमबार

२७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको सोमवार पुष्टि गरेको छ

पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् ।

यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४१९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३१६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।