नेपालबाट सनिवार बिहाना करण प्रतेल को नेतृत्वमा चार खेलाडी फिलिपिन्सको प्रस्थान गरेको थियोे । आइतबारबाट फिलिपिन्सको मान्दालुयोङ सहरमा उक्त च्याम्पियनसिप सुरु भएको थियो ।
समर सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा भाग लिनाको लागि सिएच अाईटीएफ तेक्वान्दो नेपालबाट ३ खेलाडी र १ जना रेफ्री फिलिपिन्स प्रस्थान गरेको थियोे । उक्त प्रतियोगितामा नेपालले ४ स्वर्ण १ रजत हासिल गरेको छ। नेपालबाट भाग लिएका प्रकाश भण्डारीले (६५-७०)तौल समूह इन्डिभिजुअल स्पेयरिंग पुरुष तर्फ स्वर्ण पदक हासिल गरेका छन् । त्यसैगरी महिला तर्फ सन्सिला बि के ले (५५-६०) तौल समूह इन्डिभिजुअल स्पेयरिंग महिल तर्फ स्वर्ण पदक हासिल गरेकी छिन् । महिला तर्फ को काटामा बि के ले नै स्वर्ण पदक हात पर्न सफल भएकी छिन् । पुरुष तर्फ इन्डिभिजुअल स्पेयरिंगमा रिषभ श्रेष्ठले (९०-९५) तौल समुहमा स्वर्ण हासिल गरेका छन् भने काटमा रजत पदक हासिल गरेका छन् । यो सँगै नेपालको लागि सिएच आईटीएफ तेक्वान्दोमा अन्तर्राष्ट्रिय खेलमा ठुलो उपलब्धि हासिल गरेका छ।।