नेपाली मुक्केबाज भूपेन्द्र विश्व  बक्सिङ च्याम्पियनसिपमा पराजित

स्पोर्टस न्युज

 - २०८० बैशाख २१, बिहीबार

नेपाली मुक्केबाज भूपेन्द्र थापा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा भएको आईबीए विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् ।  मुक्केबाज थापाले ६३.५ केजीमुनि तौल समूहमा जर्मनीका गोक्दुमान देवरामसँग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका हुन् । उलने राउन्ड ६४ मा प्रतिस्पर्धा गरेका थिए ।थापा १३ औं सागका स्वर्ण विजेता बक्सर हुन् । 

जर्मन मुक्केबाजसँग भूपेन्द्रले राम्रो खेल प्रदर्शन गर्दै ४:१ (स्पिलिट) अंकमा पराजय भोगेको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी गराएका छन् ।

भर्खरै प्रकाशित