नेपाली बक्सर रविनको हार

स्पोर्टस न्युज

 - २०८० बैशाख २२, शुक्रबार

उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर रविन थापा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।

४६–४८ केजी तौल समूहमा रविनले उज्वेकिस्तानी मुक्केबाज सोइयोर्जोन मेलिक्ओ जिइभसँग राउन्ड ३२ प्रतिस्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएअनुसार रविनले उत्कृष्ट प्रदर्शन गर्नुका बावजुद ५:० अंकमा आधारमा पराजित भएका हुन् ।

भर्खरै प्रकाशित