नेपालका सागरले एसियाली भारोत्तोलनमा खेल्ने

स्पोर्टस न्युज

 - २०८० बैशाख २३, शनिबार

 काठमाडौँ – दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ सम्म हुने प्रतियोगितामामा  नेपालका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको प्रतियोगितामा भाग लिन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया जानेछ । प्रशिक्षकमा जीवन गौतम र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । नेपालको खेल मे १३ मा छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले बिदाइ गरे ।

भर्खरै प्रकाशित