गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको नेतृत्वमा रहेको सरकार ढलेको छ। ठूलो पार्टीको हैसियतले गत वैशाख २९ गते मुख्य मन्त्री पद पाएका गुरुङले बिहिबार विश्वासको मत मागेका थिए। सोही अनुरुप मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका हुन।
मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत मात्र आएको छ भने विपक्षमा ३० मत आएको छ। मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे अनुपस्थित थिए भने राजमोका संसद कृष्ण थापा तटस्थ बसेका हुन। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ र राजमोका २ गरि ३० जनाले विपक्षमा मत दिएका हुन।