एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ ।
मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।
समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।
अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।
बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।
मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले खेलको छैटौं मिनेटमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले पेनाल्टीमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
पहिलो हाफ सकिन तीन मिनेट अघि सर्जियो अग्युरोको पासमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ६० औ मिनेटमा बोलिभियाका लागि सावेद्राले एक गोल फर्काए । त्यसको ५ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए ।
समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।