सिएच आईटीएफ तेक्वान्दोको च्याम्पियनसिप सम्पन्न

स्पोर्टस न्युज

 - २०७९ जेष्ठ २२, आईतवार

पोखरा/ नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघको सातौ राष्ट्रिय च्याम्पियनसिप तथा प्रथम गोल्ड कप पोखरा रंगशालामा सम्पन्न भएको छ। कार्यक्रममा देशै भरका २५० बढी खेलाडी उपस्थित भएका छन। समापन कार्यक्रमको संबोधन गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री मा. चन्द्र बहादुर बुढा मगर”सागर”को प्रमुख अतिथिमा गरिएको हो भने विशिष्ट अतिथीमा कृषि तथा सहकारी मन्त्रीका स्वकिय सचिव प्रेम रोका, ग्लोबल तेक्वान्दो संघका अध्यक्ष विजय थापा मगर, मंगोल नेशनल अर्गनाइजेसन रुपन्देही जिल्ला सभाका प्रचारप्रसार सचिव क्या. केबि गुरुङ रहेका थिए।

उद्घाटन
उद्घाटन

कार्यक्रम मार्सल आर्ट विधालाई व्यवसायिक रुपमा लैजाने हेतुले आयोजना गरिएको हो।
­­
राष्ट्रिय च्याम्पियनसीप तर्फ १० स्वर्ण ८ रजत र ९ कास्य पदक सहित बागलुङ जिल्ला टिम च्याम्पियन, ६ स्वर्ण ६ रजत ११ कास्य पदक सहित फस्ट रनर अप र ६ स्वर्ण ६ रजत ३ कास्य पदक सहित सेकेन्ड रनर अप भएको छ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरुष तर्फ बागलुङका सन्देश घर्तिमगर र महिला तर्फ भक्तपुरका विभसा पोख्रेल छनोट भएका छन। वर्ष सर्वोकृष्ट लिडरसिपको उपाधी पुरुष तर्फ रुपन्देहीका कर्ण प्रतेल र महिला तर्फ भक्तपुरका आस्मा श्रेष्ठले हात पारेका छन।

प्रथम गोल्ड कपको पुरुष तर्फ बागलुङका गोबिन्द बुढा मगर विजय भएका छन भने फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमशः  रुपन्देहीका हेम बुढा मगर र बागलुङका  रन्जित बराल हात पारेका छन। महिला तर्फ बागलुङ  कै एलिना बिक विजय भएका छन भने<span;> फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमशः  कास्किका सहनसिला प्रतेल र बागलुङका बालकुमारी रसाईलीले हात पारेका छन।
­
औपचारिक कार्यक्रमको अध्यक्षमा केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा रहेको कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय महासचिव रमेश विश्वकर्माले गरेका थिए भने महासंघका केन्द्रिय सदस्य अनुप बुढा मगरले स्वागत मन्तव्य राखेका थिए। गोल्ड कपको प्रथम हुनेले १ तोला सुन दोस्रो हुनेले आधा तोला सुन र तेस्रो हुनेले २० हजार नगद प्राप्त गरेका छन।

भर्खरै प्रकाशित