तेक्वान्दो राष्ट्रिय खेलमा भक्तपुरले पायो टिम च्याम्पियनको उपाधी

chhalita

 - २०८० जेष्ठ २९, सोमबार
उद्घाटनमा मा. पौडेल
उद्घाटनमा मा. पौडेल

काठमाडौं /आईतबार नेपाल छाङ हिन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा राष्ट्रिय प्रतियोगिता तथा सेमिनार सम्पन्न भएको छ। श्री नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेल ललितपुरमा सुक्रबार पुर्व शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री एवम बागलुङ क्षेत्र नमबर २ का संघिय संसद माननीय देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भै औपचारिक रुपमा सुरु खेलमा देशका विभिन्न जिल्लाबाट करिब ३५० बढी खेलाडीले विभिन्न प्रतिस्प्रधामा भाग लिएका हुन।

GM Chong soon kean(black belt 9 dan)
GM Chong soon kean(black belt 9 dan)

प्रतियोगिता स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरि ३ विधामा प्रतिस्पर्धा भएको हो। प्रतिस्पर्धामा टिम च्याम्पियन तर्फ १२ स्वर्ण सहित भक्तपुर टिम च्याम्पियन, ११ स्वर्ण  सहित बागलुङ  फस्ट रनर अप र ९ स्वर्ण सहित कास्किले सेकेन्ड रनर अप स्थान हासिल गर्न सफल भएका हुन। उत्कृष्ट सिनियर खेलाडी पुरुष तर्फ बागलुङका विजय बुढा मगर जुनियर तर्फ पनि नवलपरासीका आस्रित मस्राङ्गी र महिला सिनियर तर्फ भक्तपुरका सलिना भण्डारी र जुनियर तर्फ भक्तपुर कै पोखरेल  छनोटमा परेका छन।

स्पाईरिङ
स्पाईरिङ

च्याम्पियनसिपको समापन संगै अन्तरास्ट्रिय टेकिनिकल मेम्बर ग्रान्ड मास्टर चोङ सून किन(कालो पेटि ९ डान)ले सेल्फ डिफेन्स, व्यासिक एवम प्याट्रन विधामा प्रशिक्षण प्रदान गरे।

मा. देवेन्द्र पौडेल
मा. देवेन्द्र पौडेल

नेपाल सिएच आईटिएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षता रहेको कार्यक्रममा विशेष अतिथीमा पुर्व मन्त्री गणेशमान पुन र सिएच आईटिएफ तेक्वान्दोका अन्तरास्ट्रिय टेक्निकल मेम्बर ब्लाक बेल्ट ९ डान ग्रान्ड मास्टर चोङ सुन किन रहेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव रमेश विश्वकर्माले गरेका हुन। कार्यक्रमको मुख्य स्पोनसर रेस्ट रियल स्टेट रहेको थियो।

त्रिभुवन आर्मी क्लव
त्रिभुवन आर्मी क्लव

भर्खरै प्रकाशित