हारको बाबजुद कविता ‘प्लेयर अफ दि म्याच’

स्पोर्टस न्युज

 - २०८० जेष्ठ ३०, मंगलवार

काठमाडौं । नेपालकी ओपनर बलर तथा ब्याटरको कविता कुवँर पाकिस्तान ‘ए’ विरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ भएकी छिन् । पाकिस्तान ‘ए’ विरुद्ध नेपाल पराजित भए पनि कविता भने खेलको उत्कृष्ट खेलाडी भएकी छिन् ।

पाकिस्तान ‘ए’ विरुद्ध बलिङमा २ विकेट लिएकी थिईन् । ब्याटिङमा कविताले २० रनको महत्वपूर्ण योगदान गरेकी थिईन् । उनले बनाएको २० रन नेपालको सर्वाधिक ठूलो स्कोर समेत रहेको थियो ।

कविताले पहिलो ओभरको अन्तिम बलमा नै नेपाललाई महत्वपूर्ण सफलता दिलाएकी थिईन् । कविताले पाकिस्तान ‘ए’ की ओपनर ब्याटर ईमन फतिमालाई शुन्य रनमा पेभिलियन फर्काएकी थिईन् ।

पाकिस्तान ‘ए’ की कप्तान फतिमा साना उनको दोस्रो शिकार बनेकी थिईन् । कविताले ३ दशमलब २ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएकी थिईन् ।

उनले ओपनर ब्याटरको रुपमा आएर १२ औं ओभरको पहिलो बलमा आउट हुने क्रममा २० रन बनाएकी थिईन् । कविताले ३२ बलमा २ चौका प्रहार गरेकी थिईन् ।

पाकिस्तान ‘ए’ सँग नेपाल ९ रनको झिनो अन्तरले पराजित भएको थियो । थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

भर्खरै प्रकाशित