काठमाडौं / नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुरुप शाखा डोजो नक्सालको २२ ओैं बार्षिक उत्सवको अवशरमा आयोजित ७ ओै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता आइतबार देखि काठमाडौंको लैनचौरमा अबस्थित टिटि हलमा शुरु भएको छ । कार्क्रमका प्रमुख अतिथि पुर्व बाणिज्य तथा आपुर्ति मन्त्री एवम नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य गणेशमान पुन रहेका छन। त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र विक्रम लाखे, नेपाल कराते महासंघका सह-अध्यक्ष तथा नेपाल कराते संघका अध्यक्ष ढावा गुरुङ, नेपाल सितोरियो कराँते संघका प्रमुख प्रशिक्षक महेस कुमार श्रेष्ठ, सानका उपनिर्देशक तुलसी कुमार महर्जन, अन्तरास्ट्रिय निर्णायक राजेन्द्र कपाली,महेश रंजित, सोतोकान कराँतेका अध्यक्ष निवास गोपाल वैध, खेबिबिका राजेन्द्र श्रेष्ठ लगाएतका व्यक्तित्वहरुको अतिथ्यता रहेको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री पुनले गरेका हुन। बिशेष स्वास्थ सावधानी अपनाउदै सिमित खेलाडीहरु सहभागी गरि दर्शक बिना कार्यक्रम सञ्चालन गरिएको हो।
उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री पुनले नेपाली खेलकुद क्षेत्रलाई पर्यटन खेलकुदको रुपमा बिकाश गर्दै लानुपर्नै बताएका छन । साथै खेलकुद क्षेत्रमा जुनसुकै पार्टीले नेतृत्व लिएपनि यस क्षेत्रलाई राजनिति मुक्त क्षेत्र बनाउनु पर्नेमा जोड्दिएका छन। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे र नेपाल कराते महासंघका सह अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंगले मन्तव्य ब्यक्त गरेका छन।
कार्यक्रम संयोजकका अनुसार लामो समय देखि बन्दा बन्दी अवस्थामा बस्नु परेको बाध्यत्मक परिस्थितीका कारण खेलाडीहरुमा उत्पन्न हुनसक्ने नकरात्मक सोचलाई परास्त गर्न यस कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका सञ्चालक कराते राष्ट्रिय निर्णायक कुमार खत्रीले गरेका हुन भने संयोजकका भने नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी रहेका छन।
पुरुष तर्फ १० र महिला तर्फ ९ ईभेन्टस् गरी कुल १९ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको कार्यक्रममा आज दुई स्वर्णको छिनो फानो भएको छ । पुरुष तर्फको ५५ किलो तौल समुहमा सुविन खत्रीले र महिला तर्फको ५० किलो तौल समुहमा मोनिकाले स्वर्ण पदक प्राप्त गरेका छन। सुविनले बिप्लव खडकालाई र मोनिकाले नविना डिमडोङलाई पराजित गर्दै पदक हात पारेका हुन । बिजेता खेलाडीहरुलाई कार्क्रमका प्रमुख अतिथि तथा पुर्व मन्त्री पुन र अध्यक्ष गुरुंगले पुरस्कार बितरण गरे।
बॉकी प्रतिस्पर्धा हरु असार २८ गते सम्म सन्चालन हुने छ भने सोमबार नै प्रतियोगिता सम्पन्न गर्ने योजनामा रहेको आयोजक टिमले जानकारी दिएको छ।