जोमसोम /
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को रोकथामका लागि सरकारद्वारा लकडाउन खुकुलो हुँदै गएको छ। खुकुलो भए संगै भिडभाड बड्दै गएको छ। भिडभाडले भाईरस अझै फैलिने सम्भावना देखिएको छ।
पुर्ण रुपमा बन्द हुदा देखिएका संक्रमण भन्दा अहिले तिब्र रुपमा बड्दो छ। अहिले मुस्ताङ जिल्ला अस्पताल जोमसोमको कोभिड आईसोलेसन वार्डमा पुरुष ६ र महिला ३ गरि ९ जना भर्ना गरिएका छन। जस्मा क्रमशः १३ वर्षिय, १२ वर्षीय, २० महिने र २७ महिने गरि ४ बालबालिका पनि रहेका छन। त्यस्तै झरपझोङ गाउँपालिका-४ का ३१ वर्षीय, २७ वर्षीय, २५ वर्षीय, ४६ वर्षीय पुरुष र बाराबुङ्ग मुक्तिक्षेत्र गाउँपालिकाका-१ का ८० वर्षीय एक बृद्ध रहेका छन। संक्रमित सबैको उपचार भईरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।