मुस्ताङमा बाईक दुर्घटना, चालक गम्भीर घाईते, मुस्ताङमा उपचार हुन नसक्ने

स्पोर्टस न्युज

 - २०७८ असार ३१, बिहीबार

जोमसोम/ मुस्ताङको छैरो चौर भन्ने ठाउँमा गए राती बाईक दुर्घटना भएको छ। ग ८ प ६०१३ नम्बरको बाईक राती १२ बजे धुम्बा देखि टुकुछे जाने क्रममा छैरो चौर भन्ने स्थानमा दुर्घटना हुदा वर्ष ३२ का भिम बहादुर पौडेल गम्भीर गाईते भएका छन। सवार बाईकमा चलाक स्वयं पौडेल थिए भने संगै बसेका जमुने गाउँपालिका ५ दूध पोखरी लम्जुङका युबहादुर तामाङ सामान्य घाईटे भएका छन। घाईते तामाङ ज्यालामजदुरीका लागि मुस्ताङ आएका हुन।

बुद्धबार भ्याकुता प्रजातिको “पाहा” छोप्न धुम्बा खोला गई फर्कदा दुर्घटना भएको हो। दुर्घटनामा पर्दा चालकले समेत हेलमेट लगाएका थिएनन।

घाइतेलाई राती ३ बजे मुस्ताङ जिल्ला अस्पताल जोमसोम लिई उपचार गरिदै छ। घाईतेको अवस्था गम्भीर भएकोले यश अस्पतालमा उपचारका स्रोत कमि रहेकोले रिफर गरिने भएको छ। तर लामो समयको वर्षातका कारण जोमसोम देखि बेनि सडक खण्ड ठाउँठाउँमा पहिरोका कारण अवरुद्ध भएकोले एम्बुलेन्स जान सक्ने स्थिती छैन त्यस्तै हेलिकप्टर मार्फत लैजान मौसमी गडबडीका कारण बाक्लो बादल लागेकोले जान नसक्ने अवस्था आएको स्रोतले बताएको छ।