जोमसोम/ हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लामा आज कोरोना विरुद्धको खोप लगाईएको छ। मुस्ताङ जिल्ला अस्पताल जोमसोममा उक्त खोप लगाईएको हो। अस्पतालमा विहान १० बजे देखि लगाईएको खोप दिउँसो ३ बजे सम्म लगाईएको हो। खोप १८ वर्ष माथिका जम्मा ७४३ जनाले लगाएका हुन। जस माध्ये पुरुष तर्फ ३८२ जनाले लगाएका छन भने महिला तर्फ ३६१ जनाले लगाएका छन।
उक्त खोप जोनसोन एन्ड जोनसोन (जे एण्ड जे) रहेको स्वास्थ्य कर्मीहरुको भनाई छ। यो भन्दा पहिला लगाईएको खोप पहिलो दोस्रो र तेस्रो चरणमा लगाउनु पर्ने थियो भने यो खोप एक चोटि लगाए पुन: अर्को चोटि लगाउन नपर्ने भनिएको छ।