एसईई परिक्षाको नतिजा सार्वजनिक

स्पोर्टस न्युज

 - २०७९ श्रावण ११, बुधबार

काठमाडौं/ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधवार सार्वजनिक भएको छ । गत चैत्र महिनामा सम्पन्न परीक्षा विभिन्न कारणले ढिला सार्वजनिक भएको हो।

परीक्षामा सहभागी परीक्षार्थी ४ लाख ९५ हजार ७५१ जना रहेका थिए । जसमा ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६ देखि ४ सम्म ल्याउने ९ हजार ६३३ जना रहेका छन् ।

यस्तै ३.२ देखि ३.६ सम्म ४१ हजार ६ सय २७ जना, २.८ देखि ३.२ जीपीए ७९ हजार ९ सय जना रहेका छन् ।
यसैगरी, २.४ देखि २.८ सम्म ९० हजार ५५८ जना, २.० देखि २.४ १ लाख १२ हजार ७३३ जना रहेका छन् ।
१‍.६ देखि २.० सम्म ल्याउने १ लाख ५ सय ९४ जना रहेका छन्, भने १‍.२ देखि १‍.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ ।

भर्खरै प्रकाशित