काठमाडौं/ झापाली फुटबलका हस्ती तिलकबहादुर गुरुङको आज बिहान निधन भएको छ ।बिर्तामोड ३ निवासी ६६ वर्षिय गुरुङको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिए । पूर्व राष्ट्रिय रेफ्री रहेका गुरुङ झापा जिल्ला फुटबल संघका संस्थापक सदस्य तथा पूर्व महासचिव हुन् ।उनी बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक पनि हुन् । बिर्तामोडमा फुटबल खेलको विकास गराउन उनको ठूलो योगदान रहेको छ ।