टोकियो ओलम्पिकमा कास्य पदक बिजेता भारतीय खेलाडीले पाए यत्ती धेरै सम्मान

स्पोर्टस न्युज

 - २०७८ श्रावण २९, शुक्रबार

भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बिहीबार टोकियो ओलम्पिकमा कांस्य पदक जित्ने भारतीय पुरुष हक्की टोलीका सदस्य विवेक सागरलाई एक करोड भारतिय रुपयाँ बराबरको पुरस्कार राशीले सम्मानित गरेका छन् ।

साथै उनलाई भारत प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) को रूपमा नियुक्त समेत गरिएको छ ।

भारतीय पुरुष हकी टीमले टोकियो ओलम्पिक खेलहरुमा कांस्य पदक जितेको थियो । ओलम्पिक पदक को लागी ४१ बर्ष लामो प्रतीक्षा को अन्त्य गर्ने टिममा विवेक पनी महत्वपुर्ण हिस्सा थिए ।