माधव नेपालको अध्यक्षतामा नेकपा एमाले समाजवादी दल दर्ता

स्पोर्टस न्युज

 - २०७८ भाद्र ३, बिहीबार

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ। माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो।

नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्।

पाण्डेले आज दल दर्ताका बेला अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन्। एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन्।

पाण्डेले साविक नेकपा एमालेबाट आफूहरूको पार्टीमा ५८ जना केन्द्रीय सदस्य आएको जानकारी दिए।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डेले बताए।