राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले कर्मचारीका हकहितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राखेप र खेल क्षेत्रमा रहेका विकृतिका विषयमा परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा लामो समयदेखि बढुवा नभएको, करार व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रिया थाल्नुपर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाइएकोमा समायोजन गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
यस्तै उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरह ५ प्रतिशत मात्रै कट्टा गर्नुपर्ने र निजामती कर्मचारी सरह नै सेवा सुविधा प्रदान गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।