पुर्व तेक्वान्दो खेलाडी पुन मोना पोर्तुगलको अध्यक्षमा चयन

स्पोर्टस न्युज

 - २०७८ भाद्र १४, सोमबार

माेना पाेर्तुगल (केन्द्र)काे साताैँ अधिवेशन आईतवार पोर्तुगल स्थित मार्कस दि पम्बलमा सम्पन्न भएको छ। अधिवेशनबाट निर्विरोध रविन पुन अध्यक्षमा चयन भएका छन। पुनकाे अध्यक्षतामा २५ सदस्यीय कार्य समिती गठन भएको छ।

जसको वरिष्ठ उपाध्यक्षमा सविन शाहि, उपाध्यक्ष नर फगामी, उपाध्यक्ष नारायण तिलिजा, उपाध्यक्ष माेहन राना, महिला उपाध्यक्ष देवी गर्वुजा महासचिव दिपु फगामी, सचिव तेजेन्द्र छन्त्याल, काेषाध्यक्ष राजिन भण्डारी, सह-काेषाध्यक्ष रविन पाईजा, खेलकुद संयाेजक किसान श्रेष्ठ, युवासंयाेजक विकास सुबेदी र साँस्कृतिक संयाेजक एलिजा राम्जाली चयन भएका छन भने अन्य सदस्यहरुमा भने मिलन पुर्जा, उमा वुदुजा, दिबस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथाेकी, उमेस छन्त्याल, सुवास मल्ल, इन्द्र केसि, देविन तिलिजा, दिपक गुरुङ र राजेन्द्र सापकाेटा चयन भएका छन। त्यस्तै संरक्षकमा धन थापा , महिला संरक्षकमा दुर्गा पाइजा सल्लाहकारमा लक्षुमन राेका, रविन थापा सर्वसम्मत रुपमा चयन भएका छन।

यो समितिको कार्यकाल २०२१-२०२३ सम्म २ वर्षका लागि हुने छ। यश संस्थाले स्थापना काल देखि नै प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएको छ। साथै अध्यक्ष पुन पुर्व तेक्वान्दो खेलाडी पनि हुन। साथै यो अगाडीको अध्यक्ष टेक फगामी थिए।