ओलम्पिक एसोसिएसनको निर्वाचन सम्पन्न अध्यक्षमा दीपक बिष्ट

स्पोर्टस न्युज

 - २०७८ आश्विन १३, बुधबार

काठमाडौं,नेपाल ओलम्पिक कमिटीमा आबद्ध ओलम्पिक एसोसिएसनको आज सम्पन्न भएको निर्वाचनमा नेपाल तेक्वान्दो संघका अन्तस्ट्रीय खेलाडी तथा पुर्व ओलम्पियन दीपक बिष्ट अध्यक्षमा निर्वाचित भएका छन।

सम्पन्न भएको निर्वाचनमा पुर्व ओलम्पियन तथा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी बिष्टले अत्याधिक बहुमतका साथ अध्यक्ष पदमा विजयी भएका छन।
अध्यक्ष पदका लागी दुईजना उम्मेदवार थिए,रविराज थापा र विष्ट जसमध्ये थापाले कुल ४९ मतमा ४ मत थापाले पाउँदा बिष्टको पक्षमा ४१ मत खस्दा उनी बहुमतले विजयी भएका हुन।त्यस्तै उपाध्यक्षमा संँगिना वैद्य र प्रवीण तुलाधर निर्वाचित भएको निर्वाचन आयुक्त इन्द्रा मल्लले जानकारी दिएकी छिन।

एसोसिएसनको महासचिवमा राजेन्द्र भण्डारी,सचिवमा देवु थापा,कोषाध्यक्षमा डाक्टर स्नेह राणा निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यमा विमला राना मगर,मुकुन्द हरी श्रेष्ठ,राजकुमारी पाण्डे,विष्णु बहादुर सिँह,टिकराम श्रेष्ठ,कान्छीमाया कोजु,रन्जन श्रेष्ठ र सफल राम श्रेष्ठ निर्वाचित भएका छन् ।

एसोसिएसनको निर्वाचित पदाधिकारीहरुलाइ बधाई साथै कार्यकाल भरी उच्च सफलताको शुभकामना व्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले ओलम्पिकको मुल विधानलाइ बुझी सधै खेलाडीको हितमा कार्य गर्न अनुरोध गरे।