गण्डकी बाहिरियो, सेमिफाइनलमा प्रवेश गर्दै एपीएफ

स्पोर्टस न्युज

 - २०७८ आश्विन १४, बिहीबार

काठमाडौँ,विभागीय टिम एपीएफ क्लब छैटौँ संस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन।

त्रिपुरेश्वर स्थित रास्ट्रीय खेलकुद परिषदको कभर्डहलमा आज बिहीवार भएको अन्तिम क्वाटरफाइनल खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो।त्यस्तै एपीएफले गण्डकी माथी २५-२९,२४-२६,२७२५ र २५-३० को सेटमा विजय निकालेको थियो।यो जित नै एपीएफलाई सेमिफाइनल पुग्ने सफलता मिलेको हो र गण्डकी बाहिरिएको छ।एपीएफ सेमिफाइनलमा पुगे लगत्तै अन्तिम चारको टुंगो लाको छ।

महिलातर्फ ५ टोलि र पुरुषतर्फ ७ ले चैतमा नेपाल भलिबल संघद्वारा आयोजना भएको लिगमा पनि सहभागीको स्थान बनाउने छन।महिला पुरुष विजेताले ४ लाख,उपविजेताले २ लाख र तेस्रोले १ लाख पाउने छन।

बिधागततर्फ उत्कृष्ट हुनेले १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद रु.२५,०००।- प्राप्त गर्ने छन।

भर्खरै प्रकाशित