नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति द्वारा आयोजित मैत्रीपूर्ण फुट्सल कार्यक्रम सम्पन्न

स्पोर्टस न्युज

 - २०८२ आश्विन ६, सोमबार

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा बडा दशै, शुभ तिहार तथा छठपर्वको अवसरमा मैत्रीपूर्ण फुट्सल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको मैत्रीपूर्ण फुट्सलको उपाधी नेपाल मगर खेलकुद संघ केन्द्रीय समितिले जितेको छ 23` भने, उपविजेता नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समिति भएको छ । मैत्रीपुर्ण फुट्सल खेलमा, नेपाल मगर खेलकुद संघ केन्द्रीय समिति, नेपाल मगर विद्यार्थी संघ, सुदूरपश्चिम प्रदेश समितिको दुई टिम, नेपाल ल क्याम्पस समिति, त्रीचन्द्र क्याम्पस समिति, अस्कल क्याम्पस समिति र आयोजक गरि ७ टिमको सहभागी रहेको थियो । खेल लिग सिस्टममा खेलाईएको थियो । मैत्रीपूर्ण खेलको उद्घाटन नेपाल मगर विद्यार्थी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार श्री चित्र पुलामी मगरज्युको प्रमुख आतिथ्यमा भएको थियो । भने विशिष्ट अतिथिमा नेपाल मगर खेलकुद संघका केन्द्रीय समितिका उपाध्यक्ष कुशल बुढामगर, सदस्य प्रदीप आलेमगर हुनुहुन्थ्यो । खेलको रेफ्रीका रुपमा शिशिर हौंजालीमगर हुनुहुन्थ्यो ।
नेपाल मगर विद्यार्थी संघका अध्यक्षले आउंदै गरेको नेपालीहरुको महान चाड बडा दशै, शुभ तिहार तथा छठको अवसरमा मगर विद्यार्थी तथा युवाहरुलाई कुलत र दुर्व्यससनमा नफसेर शारीरिक रुपमा स्वस्थ रहि देशका लागि खेल्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । विजेतालाई ३,५००/- र उपविजेतालाई २,५००/- नगद प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटनको संचालक संघका महासचिब याम बहादुर रोकामगर र समापनको संचालक संघका खुला उपाध्यक्ष तथा प्रवक्ता बिरेन्द्र अछामीमगर हुनुहुन्थ्यो ।