गल्कोट बाहिरियो,सेमिफाइनलमा आर्मी क्लब

स्पोर्टस न्युज

 - २०७८ आश्विन १५, शुक्रबार

काठमाण्डौँ/बिभागीय टिम त्रिभुवन आर्मीक्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वर राखेपको कभर्डहलमा बिहिवार भएको तेस्रो क्वाटरफाइनलमा गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेतमा हराउदैं आर्मी चारमा पुगेको हो l
राष्ट्रिय टोलिका खेलाडीको बाहुल्यता रहेकोे आर्मीले गल्कोट माथी २५-१५, १९-२५,२५-१५ र २५,१३ को सेट्मा जित निकाल्यो यस जित संगै आर्मी सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। गल्कोट भने बाहिरिएको छ।
यस अघि साबिक बिजेता हेल्प नेपाल र नेपाल पुलिस क्लब
सेमिफाइनलमा प्रबेश गरिसकेका छन् । च्याम्पियनसिप अन्तर्गत नै आज हुने पुरुषको चौंठो क्वाटरफाईनलमा एपीएफ र गण्डकी प्रदेशविच प्रतिस्पर्धा हुने छ।च्याम्पियनसिपको सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारण स्पोर्ट्स नेपाल डट न्युजले गरिरहेको छ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिप पुरुष तर्फ १४ टोलि र महिला तर्फ ६ तोलिको सहभागिता रहेको छ।

च्याम्पियनसिपबात पुरुष तर्फ ७ र महिला तर्फ ५ टोलि चैंतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । महिला पुरुष बिजेताले ४ लाख प्राप्त गर्दा उपबिजेताले २ लाख पाउने छन् ।तेस्रोले १ लाख प्राप्त गर्ने छन् ।त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा बिधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

भर्खरै प्रकाशित