हरैया बहुमुखी क्यामपसको पाँचौ अधिवेशन सम्पन्न सभापतिमा सुनिल राना

स्पोर्टस न्युज

 - २०७८ आश्विन १६, शनिबार

बुटवल,नेबिसंघ हरैया बहुमुखी क्याम्पस इकाई समिति रुपन्देहीको पाँचौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नेबिसंघ हरैया बहुमुखी क्याम्पस को आयोजनामा भएको हो।अधिवेशनको प्रमुख अतिथिमा नेपाली कांग्रेस कञ्चनका सभापति देवीराम रेग्मी थिए भने बिशिस्ट अतिथीमा नेबिसंघ हरैया बहुमुखी क्याम्पस इकाई समितिका संस्थापक सभापति तुल्सीराम पौडेल र निवर्तमान स्ववियु सभापति प्रकाश उपाध्याय पौडेल थिए। त्यस्तै अन्य अतिथिको रुपमा नेबिसंघ हरैया बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख थम बहादुर सिंजाली थिए।

इकाई कमिटिको खुला शत्र संगै बन्दशत्र बाट सभापतिमा सुनिल राना उपसभापतिमा मनीराम यादव र मदन आचार्य,सचिवमा सुवास पौडेल र मिपाङ्ग थापा मगर, सह-सचिवमा प्रियंका केसी
रेखा प्रजापती त्यस्तै कोषाध्यक्ष सरिता थारू निर्वाचित भएका छन। अधिवेशनबाट सर्वसम्मतरुपमा पचहत्तर सदस्यीय इकाई कमिटी गठन भएको छ।

विद्यार्थीका हकहीतका निमित्त नेपाली कांग्रेस कन्चन सधै तत्पर रहने प्रमुख अथिति रेग्मीले बताएका छन् भने नेबिसंघ हरैया बहुमुखी क्याम्पस निवर्तमान सभापति पौडेलले नेविसंघ ले विद्यार्थी हक अधिकार स्थापित गर्न गरेका संघर्ष, आन्दोलन र गर्ने भावी योजनाबारे बताउँदै नव निर्वाचित सम्पूर्ण कमिटी लाई बधाई दिएका छन्।

नेविसंघ हरैया बहुमुखी क्याम्पसकै नेतृ सरस्वती चौधरीको संचालनमा रहेको खुल्ला शत्रको सभापतित्व भने इकाई समितिका कार्यवाहक सभापति सुनिल रानाले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी नेता मदन सापकोटाको रहेको थियो। इकाई अधिवेशनको उद्घाटन प्रमुख अतिथिले गमलाको विरुवामा पानी हालेर गरेका हुन्।