न्यु डाइमण्ड र आर्मी बने छैटौं एनभीए च्याम्पियन

स्पोर्टस न्युज

 - २०७८ आश्विन १६, शनिबार

काठमाडौं/ विभागीय टोली त्रिभुवन आर्मी क्लब न्यू दाईमण्ड क्लबले एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधि हासिल गरेको छ। न्यू डाइमण्डले महिला तर्फ र आर्मीले पुरुष तर्फ च्याम्पियन बनेको छन्।

शनिबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ साविक बिजेता हेल्प नेपाललाई आर्मीले ३-१ को सेटमा पराजित गर्दै ट्रफी हस्तान्तरण गरेको हो।

च्याम्पियन आर्मीले नगद रु ४ लाख, उपविजेता हेल्प नेपालले २ लाख, तेस्रो भएको पुलिसले एक लाख रुपैया प्राप्त गर्यो।

महिना त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गर्दै तेस्रो भयो। आर्मीले पुलिसलाई २५-२७,२५-२०,२५-२७ ले हराएको हो। च्याम्पिन न्यू डाईमण्डले नगद चार लाख हात पार्दा उपविजेता एपिएफले २ लाख र तेस्रो भएको आर्मीले क्लब १ लाख प्राप्त गर्यो।

पुरुष तर्फ नेपाल आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ न्यू डाइमण्डकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। दुवैले सम्मानस्वरुप नगद रु २५०००/- प्राप्त गरे। विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवन राम श्रेष्ठ र संसद विमल केडिया लगायतले पुरस्कार वितरण गरे।