पुर्व तेक्वान्दो खेलाडी जुग्जाली मोडलिङमा प्रबेश

स्पोर्टस न्युज

 - २०७८ आश्विन १८, सोमबार

पुर्व तेक्वान्दो खेलाडी विशाल जुग्जाली मगरले नेपाली गित “तिम्रो केशमा” बोलको गितमा अभिनय/मोडलिङ गरेका छन। उनी बुवा थम बहादुर जुग्जाली मगर र आमा नरदेवी जुग्जाली मगरको कोखबाट २५ वर्ष अगाडि म्याग्दिको मालिका गाउँपालिका ७ विममा जन्मेका हुन। उनले सानै देखि अभिनय र खेलमा रुचि राख्दै आएका थिए। उनी अहिले रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका छन।

गितको मोडलिङमा लिएको तस्बिर
विशाल मगर र युनिका मगर

३० सेप्टेम्बर २०२१ मा “सिबि पाईजा” युट्युब च्यानलबाट प्रकाशित गितमा उनलाई देख्न सकिन्छ। गितमा महिला मोडल युनिका थापा मगरले साथ दिएका छन। चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको गितको शब्द संकलन दिनेश थपलियाले गरेका हुन भने गितको एरेन्ज दिपक शर्मा र निर्देशन इन्कार जुग्जालीले गरेका छन।

भर्खरै प्रकाशित