म्याराथनका चम्किलो तारा हुन “पुष्पा”

स्पोर्टस न्युज

 - २०७८ आश्विन २०, बुधबार

काठमाडौं/ नेपाली खेलकुद जगतको एथलेटिक्स अन्तरगतको म्याराथुनका एक चर्चित एवम् चम्किलो तारा हो पुष्पा भण्डारी। सल्यानको गाउँमा जन्मिएकी उनी परिवारको ६औ सन्तान हुन। उनी ३ दाजु र २ दिदी पछिका कान्छी सन्तान हुन।

उनको खेल जीवनको सुरुवात सुदुरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट सुरु भएको हो। त्यत्तिखेर उनी १५ वर्षकी थिइन।  उक्त डौड ४२.१९५ कि.मी. ३ घण्टा २५ मिनेटमा पार गर्दै रजत पदक बिजेता बनेकी थिइन। जुन बेला उनले खेल क्षेत्रमा लाग्छु भन्ने कुनै योजना बनाएकी थिइनन् । त्यत्तिखेर उनी साधे ४ फिटकी थिइन। उनका अनुशार पछाडी केही जमातले यस्ती सानीले जित्लान र? यिनी जिते भने म खेलै हेर्दैन भनेको उनले सुनेकी थिईन। म्याराथुनको त्यो झण्डै साधे ३ घण्टा उनको मनमा त्यो कुरा गुन्जी नै रहेको थियो। एथलेटिक्सका लागि एथलेटिक्स प्रशिक्षक स्व. रबिन कुमार राई राम्रो खेलाडीको खोजिमा थिए।  सो खेल खेल्न उनलाई हालको सारदा नगरपालिका १४ को माल्नेटा स्थितको विद्यालयबाट सिफारिस गरिएको थियो। अन्तत उनले गाउँ जिल्ला हुँदै राष्ट्रिय खेल सम्म खेलिन।

केही समय पढाईलाई समय दिईसके पछि २०६९ सालमा उनी लुम्बिनी च्याम्पियनसिपमा भाग लिएका थिए। खेलमा उनले स्वर्ण पदक हात पारेकी थिईन। यो खेल जिते पश्चात् उनको मनमा अब खेल मै लाग्ने भन्ने मन मनै अठोट गरिन र उनलाई अब खेल क्षेत्रमै केही गर्न सक्छु भन्ने आत्मविश्वास लाग्यो। लगतै सशस्त्र प्रहरी बल विभागीय जागिर खाए र खेललाई व्यवसायीक रुपले अगाडी बढाए।

उनले दक्षिण एसियाली प्रतिस्प्रधामा ढाकाका एक मन्त्रीको जन्मात्सोवको अवसरमा स्वर्ण पदक पनि जितिन साथै ५ लाख टाका नगद समेत जितिन। तर आफुले आँकलन गरेको समयमा दुरि पार नगरेकोमा असन्तुष्टि व्यक्त गर्दछन।

१३ औ एसियाली खेलकुदमा भने उनी दोस्रो मै चित्त बुझाउनु पर्यो र पनि एथलेटिक्समा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने पहिलो खेलाडीमा नाम लेखाउन सफल भइन । उनले यो म्याराथुन २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पार गरेकी थिइन। यो उनको जिन्दगीको सबै भन्दा ठूलो र महत्वपुर्ण क्षणको रुपमा उनी लिउने गर्छीन।  उनी ४ फिट ११ इन्च छिन उचाईको तुलनामा डौडको रफ्तार कयौ गुणा धेरै भएकोले उनलाइ एपिएफले विभागीय खेलमा छनोट गरेको हो। एपिएफमा गए पछि बल्ल उनले थाहा पाए कि खेलाडीले के खानु पर्ने रहेछ, कस्तो लुगा लागाउनु पर्दो रहेछ, कति अभ्यास गर्नु पर्छ भनेर। उनका अनुशार एपिएफले नै सुरुमा दौडमा सजिलो हुने ट्र्याक दिएको थियो।

३ वर्षको कठोर मिहिनेत पछि उनले २०७३ मा इटहरीमा आयोजित ७ औ राष्ट्रिय खेलकुद च्याम्पियनसिपमा स्वर्ण पदक जितिन। त्यसको अर्को साल दाङमा आयोजित ८ औ राष्ट्रिय च्याम्पियनसिपमा भने उनी रजत मै चित्त बुझाईन। दाङ आफ्नै क्षेत्र भएकोले दाङमा धेरै आफन्तले आफ्नो खेल हेर्न आए पनि उनी सफल नभएको र दुखी भएको बताउँछन् । अब यहि खेल क्षेत्र मै अझै मिहिनेत गरेर नेपाललाई चिनाउन तत्पर रहने बताँछन।

भर्खरै प्रकाशित