महेश्वर गहतराज बने युवा तथा खेलकुद मन्त्री।

स्पोर्टस न्युज

 - २०७८ आश्विन २२, शुक्रबार

काठमाडौँ/ सत्ता पक्ष एवंम गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन। माओवादी जनयुद्ध कालका कमाण्डर नेता गहतराज पार्टीभित्र वैचारिक र शालिन नेताको रुपमा चिनिन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रीपरिषद विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन।रास्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा गहतराजसहित २ राज्यमन्त्री र १६ मन्त्रीलाई शुक्रवार नियुक्त गरेकि थिइन।गहतराजले शुक्रवारनै मन्त्री पदको गोपनियता एवम शपथ ग्रह गरेका छन ।उनी बाकेँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पहिलो पटक मन्त्री बनेका हुन।

राष्ट्रीय खेलकुद परिषद(राखेप)को अध्यक्ष समेत रहने मन्त्री गहतराजले राखेप बोर्डको गोष्ठीबाट नवौं राष्ट्रीय खेलकुद मिति तय गर्नुपर्ने हुन्छ।गत बर्ष गठन भएको राखेपको अहिलेसम्म कुनैपनि बैठक बस्न सकेको छैन।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रीय खेलकुद फागुनमा पोखरा हुने गरि आयोजनाको तयारी गरेता पनि बोर्डको औपचारिक बैठक चाहिँ भएको छैन।नवौं राष्ट्रीय खेलकुद गण्डकी प्रदेश स्थित पोखरामा हुने बताएका छन ।