नेपाल सिएच आईटीएफको छैठौं च्याम्पियनसिप बागलुङको बुर्तिबाङमा हुँदै,सबैलाई सहभागी हुन आग्रह

स्पोर्टस न्युज

 - २०७८ कार्तिक ३, बुधबार

बागलुङ/ नेपाल सिएच आईटिएफ तेक्वान्दो महासंघले आगामी कार्तिक २६ र २७ गते ढोरपाटन मेयर कप तथा छैठौं राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। कार्यक्रम बागलुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ बजारमा हुने आयोजकले जानकारी दिएको छ। कार्तिक ३ गते बुर्तिबाङमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमको जानकारी गराईएको हो।

सम्मेलनमा बुर्तिबाङ क्षेत्रका सञ्चार कर्मीहरुलाई निमन्त्रणा गरिएको थियो। कार्यक्रममा स्थानीय रेडियो अन्लाईन पत्रीकाका पत्रकारहरु उपस्थित थिए। साथै प्रतियोगिताका लागि ढोरपाटन नगरपालिकाले ५ लाख नगद सहयोग गर्ने भएको छ।

कार्यक्रमको पर्चा
कार्यक्रमको पर्चा

बिकत ठाउँमा खेललाई सशक्त गराई बिकास गर्ने हेतुले यस्ता कार्यक्रम गर्दै आएको केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर “कुशल” ले बताउनु भयो। अध्यक्षले यस खेलले भविष्यमा राष्ट्रको शिर उच्च राख्ने काम गर्ने छ भन्ने आशाका साथ यो खेल आयोजना गरि यसको विकासमा जोड दिन सम्पुर्ण सरोकारवाला लागि पर्नु पर्नेमा जोड दिनु भएको छ।
पत्रकार सम्मेलन
पत्रकार सम्मेलन

प्रतियोगितामा पुरुष स्पाईरिङ, महिला स्पाईरिङ, सेल्फ डिफेन्स र प्याट्रन प्रतियोगिता हुनेछ। पुरुष तर्फ २५ देखि ७५ केजि समूह भित्र ५/५ केजीको अन्तरालमा खेलाईने छ भने महिला तर्फ २० देखि ७० केजि समूह भित्र ५/५ केजीको अन्तरालमा प्रतिस्पर्धा हुने छ । सेल्फ डिफेन्समा ७ ओटै प्रदेशबाट १४/१४ जनाको सहभागी हुने छन। प्याट्रन तर्फ सिनियर,जुनियर,एकल तथा सामुहिक प्रतिस्पर्धा हुने छ।  कार्यक्रममा अनुमानीत १५ लाख खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा नेपाल भरिबाट ५०० बढी खेलाडी उपस्थित हुने सम्मेलनमा जानकारी दिईएको छ।