बुटवल,रुपन्देही जिल्ला कञ्चन गाउँपालिकाको हरैयामा अवस्थित एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा शुक्रवारे कार्यक्रम अन्तर्गत बिधालय प्रशासनको मुख्य आयोजनामा अभिभावक सहजीकरण कार्यक्रम सम्पन्न भएको छ। बिधालयका प्रबन्धक निर्देशक मोहन सुनार प्रमुख आतिथ्यता रहेको कार्यक्रममा १२० जना अभिभावकहरुको उपस्थिती रहेको थियो।
बिधालयको प्रावि तह अन्तर्गत नरसरी,एलकेजी र युकेजी कक्षाका बिद्यार्थी र अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो। वर्तमान समयमा मोबाईलको माध्यमबाट बालबालिकाहरुमा सामाजिक सञ्जाल र ईन्टरनेटले विकृती रुप लिइरहेको र बालबालिकाहरुमा देखिएको फरकपनालाई मध्यनजर गर्दै सो कार्यक्रम राखिएको हो। बालबालिकालाई मोबाईलको लटबाट छुटाउन उनिहरुको पढाई प्रतिको मोह र आकंक्षा बढाउदै पढाई र खेलकुदमा ब्यस्त राख्न अभिभावक,शिक्षक र बिद्यार्थीको भुमिका विभाजन गर्ने हेतु रहेको विद्यालय प्रशासनले जनाएको छ।
बिद्यार्थी,शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट बिद्यार्थी,बालबालिकाको पढाइ संगै ब्यक्तिगत ब्यवहार,चालचलन र संस्कार निर्माण गरि उज्ज्वल भविष्य कसरी निर्माण गर्न सकिन्छ भनेर सहजीकरण एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथिले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागी अभिभावक,घर नै पहिलो बिधालय हो र आमानै पहिलो शिक्षक हो भनेका छन।
विद्यालयका शिक्षक मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक बिकास पौडेलले गरेका हुन। कार्यक्रममा वक्ताहरुले मन्तव्य राख्दै शिक्षक विद्यार्थी तथा समस्त विद्यालयलाई नमुना बनाउन आ-आफ्नो टवरबाट सबै तत्पर रहने र शिक्षाको गुणस्तरलाई अझै प्राभावशाली बनाउदै लैजानेमा जोड दिएका थिए।